केपी ओलीको वडामा एमालेको शर्मनाक पराजय
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको वडामा एमालेले शर्मनाक पराजय बेहोरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ अध्यक्षसहितका सबै सदस्य कांग्रेसले जितेको हो । वडाअध्यक्षमा कांग्रेसका प्रदीप कार्की १५११ मत ल्याएर विजयी भएका छन् । पराजित एमालेका विश्वराज विष्टले १३०५ मत प्राप्त गरे ।
वडाका सदस्यसमेत कांग्रेसकै सदस्य जितेका छन् । जर्नादन खड्का, भगत राना, कल्पना खतिवडा (दाहाल), रञ्जिता तिखत्री सदस्यमा विजयी भए । ओलीको निवास सूर्यविनायक २ बालकोटमा पर्छ । ओलीको निवास रहेको बालकोटमात्रै होइन उनको जन्मथलो तेह्रथुमको आठराई २ मा समेत एमाले पराजित भएको छ ।
यस अघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुराको गन्यापधुरा १ वडामा पनि कांग्रेस पराजित भएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया