ओलीको गृहनगर दमकमा राप्रपाको फराकिलो मतान्तर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनसँग तालमेल गरेकाे राप्रपाले अग्रता लिएको छ ।
पछिल्लो मतगणना अनुसार गठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापा ६ हजार मतसहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ४ हजार ४९५ मत पाएकी छन् ।
चितवनको भरतपुरमा एमालेले राप्रपासँग गठबन्धन गरेपनि ओलीकै नगरमा राप्रपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ । दमकमा थापाले २ हजार ४९५ सहित मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
त्यस्तै मेयरमा पनि गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई ५ हजार मतसहित अग्रता लिएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी अम्बिकाप्रसाद खनाल ४ हजार ४०० मत पाएकी छिन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया