मतदानस्थलमा माओवादीबाट आफ्ना नेता कुटिएकोमा कांग्रेसद्वारा कारवाहीको माग
काठमाडौं । कांग्रेसले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको मतगणनास्थल घलेभञ्ज्याङमा माओवादीले आफ्नो दलको नेतालाई आक्रमण गरेको भन्दै कारवाहीको माग गरेको छ ।
मतगणनाका क्रममा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) को नेतृत्वको समूहले कांग्रेसका क्षेत्रीय सचिव जगदीश कुइकेल, जगदीश फुयाल, सुवर्ण तामाङ्ग, राजन पाण्डे, सुजन थापा, सुशील थापा, निरज भण्डारी, विजय थापा, प्रभास सुवेदी लगायत दर्जनौं कार्यकर्ताहरुमाथि कुटपिट कांग्रेको भनाई छ ।
कुटपिटबाट गम्भीर घाइते बनाएको घटनाप्रति कांग्रेसको ध्यानाकृष्ट भएको भन्दै कांग्रेसले यस्ता गतिविधि पुनः नदोहोर्याउन चेतावनी दिंदै घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न र घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया