‘चपली हाइट’का हिरोले जिते वडाध्यक्ष
काठमाडौं । चलचित्र ‘चपली हाइट’का हिरो राज घिमिरे ललितपुरको गोदावरी नगरपालिका –३ को अध्यक्षमा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
घिमिरेले एमालेका श्रीराम आचार्यलाई पछि पारेका हुन् ।
एक वर्षयता गोदावरी क्षेत्रमै समाजसेवामा लागेका घिमिरेले वडाध्यक्षको रुपमा कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो तलब शिक्षाबाट बञ्चित बालबालिकाका लागि खर्च गर्ने बताएका छन् ।
घिमिरेले १० वर्षअघि खेलेको चलचित्र ‘चपली हाइट’ बहुचर्चित बनेको थियो । केही यौनसम्बन्धी दृश्यका कारण विवादितसमेत बनेको थियो । घिमिरेले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया