ललितपुरमा एमालेका हरिकृष्णभन्दा झण्डै तेब्बर मतले अगाडि चिरिबाबु
काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरिबाबुले प्रभावशाली अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार चिरिबाबुले ४९८५ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १८४१ मत मात्रै ल्याएका छन् ।
सुरुवाती मतगणनादेखि नै चिरिबाबुले अग्रता लिंदै बढाउँदै आएका छन् ।
ललितपुरमा २०७४ सालमा पनि हरिकृष्णसँग भिड्दा चिरिबाबु ३२६ मतको साँघुरो अन्तरले जित्न सफल भएका थिए । तर फेरि पनि पराजित
उम्मेदवारलाई उठाएपछि चिरिबाबुले यसपटक सहजै अग्रता बढाउँदै आएका छन् ।
उपमेयरमा भने एमालेकी उम्मेदवार माओवादी उममेदवारभन्दा अगाडि देखिएकी छिन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया