पनौती ४ मा एमालेका दाहाल विजयी
काठमाडौं । काभ्रेको पनौती नगरपालिका ४ को वडा अध्यक्षमा एमालेका दीपक दाहाल विजयी भएका छन् । कांग्रेसका प्रतिस्पर्धीलाई पछि पार्दै दाहाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडा नम्बर ५ मा भने कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा विनोद खत्री विजयी भएका छन् ।
अहिलेसम्म नतिजा आएका वडा मध्ये २, ३ र ४ मा एमाले विजयी भएको छ । १ र ५ कांग्रेसले जितेको छ ।
यस क्रममा मेयर र उपमेयर दुवैमा एमालेले अग्रता बनाएको छ । अब ६ देखि ११ सम्मका वडा कांग्रेसको पकड मानिएका वडा मानिन्छन् । यी वडाबाट अग्रता बढाउँदै लगे मेयरमा कांग्रेसले बाजी मार्न सक्ने बताइन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया