स्थानीय तह निर्वाचन परिणाम : कांग्रेस पहिलो, दोस्रोका लागि एमाले र माओवादीबीच प्रतिस्पर्धा !
काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम देशभरबाट आउनेक्रम जारी छ । बिहानसम्मको मतपरिणाम अनुसार प्रमुख र अध्यक्षमा एक सय ४ स्थानमा विजयी भएर कांग्रेस पहिलो दल भएको छ । ६२ स्थानसहित एमाले दोस्रो र ४८ स्थानसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यस्तै कांग्रेसले २११ स्थानमा अग्रता कायमै राखेको छ । एमालेले १२१ स्थानमा अग्रता लिएको छ भने माओवादी ६८ स्थानमा अगाडि छ ।
त्यस्तै उपप्रमुख र उपाध्यक्षमा कांग्रेसले १०१, एमाले ६४ र माओवादी ४२ स्थानमा विजयी भएको छ । उपप्रमुख र उपाध्यक्षमा १७६ कांग्रेस, १४७ एमाले र ८९ स्थानमा माओवादीको अग्रता रहेको छ ।
प्राप्त मतपरिणाम अनुसार कांग्रेस एमालेभन्दा झण्डै दोब्बर स्थानमा विजयी भएको छ । विजयीतर्फ दोस्रोमा एमाले र माओवादीबीच प्रतिस्पर्धा देखिन्छ । एमालेले कमजोर ठानेको शक्ति माओवादीले पालिकाकाे संख्या बढाउँदै लगेको छ । एमालेले ६२ स्थानमा जित सुनिश्चित गर्दा माओवादीले ४८ स्थानमा जित हासिल गरेको छ । जितेकोमध्ये एमाले माओवादीभन्दा जम्मा १४ स्थानले अगाडि छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया