भरतपुरमा रेनु र विजयबीच कडा प्रतिस्पर्धा, बाजी कसले मार्ला ?
काठमाडौं । स्थानीय तह निर्वाचनको इपिसेन्टर भरतपुरको मेयरमा माओवादी र एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
जारी मतगणनामा निरन्तर प्रतिस्पर्धामा रहेका माओवादीका रेनु दाहाल र एमालेका विजय सुवेदीबीच निरन्तर कडा प्रतिस्पर्धा भइरहेको छ ।
रेनुले ५७१८ मत ल्याएकी छिन् । एमालेका सुवेदीले ५६८८ प्राप्त गर्दै रेनुलाई कडा टक्कर दिइरहेका छन् । रेनु ३० मतले अगाडि छन् ।
अहिलेसम्मको परिणाममा दुवैबीच कडा प्रतिस्पर्धा देखिंदै आएको छ । मतगणनाम कहिले सुवेदी त कहिले रेनुले अग्रता बनाउँदै आएका छन् ।
कांग्रेसको तर्फबाट जगन्नाथ पौडेलले बाँकी उम्मेदवारी दिएपछि एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा देखिएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया