कीर्तिपुरपछि तारकेश्वर पनि कांग्रेसले खोस्यो एमालेबाट

काठमाडौं । कीर्तिपुरमा एमालेको गढ भत्काउँदै जितेको कांग्रेसे काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि जित निकालेको छ ।
तारकेश्वरको मेयरमा एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका कृष्णहरि महर्जन विजयी भएका हुन् । उपमेयर पनि कांग्रेसले नै जित्यो । विजयी कांग्रेसका महर्जनले ११९८८ मत ल्याए । पराजित एमालेका रामेश्वर बोहराले ७८०८ मत मात्रै प्राप्त गरे ।
कांग्रेसकी सृजना बुर्लाकोटीले १०७८६ मत ल्याएर उपमेयर जितिन् । पराजित एमालेकी भवानी डोटेलले आठ हजार ६ मत मात्रै ल्याइन् ।
२०७४ मा यी दुवै पदमा एमालेले जिते पनि यसपटक कांग्रेसले खोसेको हो ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया