बालेनले काठमाडौंमा कटाए १० हजार मत, स्थापित र सिंह निरन्तर पछाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन् । जारी मतगणनामा बालेनले १०२४१ मत प्राप्त गरेका छन् ।
५ हजारले पछि परेका एमालेका केशव स्थापितले ५४५३ मत ल्याउँदा तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ४७४२ प्राप्त गरेकी छिन् ।
सुरुदेखि १० हजार मत कटाउने बेलासम्म बालेन एकपटक पनि पछाडि परेका छैनन् । बरु एमाले र कांग्रेसको प्रभाव रहेको क्षेत्रमा समेत राम्रो मत ल्याएर निरन्तर अग्रता बनाउँदै आएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया