NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस अगाडि

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले पछि परेको छ । मेयरमा राप्रपाका उम्मेदवार राम थापाले अग्रता कायमै राखेका छन् ।

गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका थापाले एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पछि पारेका हुन् ।

No description available.

मंगलबार बिहान ६ः३० बजेसम्मको परिणामअनुसार थापाले ७५५३ मत ल्याएका छन् भने अधिकारीले ६६८४ मत मात्र ल्याएकी छिन् ।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् । उनले ७२१३ मत ल्याएकी छिन् ।

एमालेका उम्मेदवार अम्बिका खनालले भने ६५९२ मत ल्याएका छन् ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष