एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस अगाडि
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले पछि परेको छ । मेयरमा राप्रपाका उम्मेदवार राम थापाले अग्रता कायमै राखेका छन् ।
गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका थापाले एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पछि पारेका हुन् ।

मंगलबार बिहान ६ः३० बजेसम्मको परिणामअनुसार थापाले ७५५३ मत ल्याएका छन् भने अधिकारीले ६६८४ मत मात्र ल्याएकी छिन् ।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् । उनले ७२१३ मत ल्याएकी छिन् ।
एमालेका उम्मेदवार अम्बिका खनालले भने ६५९२ मत ल्याएका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया