NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

थप ४ वडामा राप्रपा विजयी, नेपालगञ्ज, हेटौंडासहित १५ मा अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ४ वडामा प्यानलसहित जित निकालेको छ । काठमाडौं उपत्यकासहित देशभरका विभिन्न वडा राप्रपाले जित हासिल गरेको हो ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार, चाँगुनारायण नगरपालिका–६ को अध्यक्षमा धनबहादुर लामा र रूपन्देहीको देवदह नगरपालिका–११ को वडाध्यक्षमा दुधनाथ यादव यादव विजयी भएका छन् । देवदह –१२ मा भने वडाध्यक्षबाहेक चार वडा सदस्य राप्रपाको पोल्टामा परेको छ ।

त्यसैगरी, बाँकेको राप्ती सोनारी गाउपालिका–६ वडाध्यक्षमा लवराज खरेल, र शंखरापुर नगरपालिका–७ को वडाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ प्यानलसहित विजयी बनेका छन् ।

चुनावी परिणामले राप्रपा गदगद : ‘१३ मा अग्रता, ११ वडामा विजयी’

योसँगै राप्रपाले जितेको वडाको संख्या ३७ पुगेको छ ।

प्रवक्ता शाहीका अनुसार, जारी मतगणनामा उपमहानगरपालिकासहित १५ स्थानीय तहमा राप्रपाका उम्मेदवारले लिड गरिरहेका छन् । ८० भन्दा बढी स्थानीय तहमा दोस्रो र २०० भन्दा स्थानीय तहमा तेस्रो स्थानमा रहेर राप्रपाले चुनौती दिइरहेको छ ।