NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

विशाल भट्टराईको गृहपालिकामा एमाले परास्त, माओवादीका राई बने अध्यक्ष

खोटाङ । एमाले सचेतक विशाल भट्टराईको गृहपालिकामा नेकपा एमाले परास्त भएको छ । यसअघि एमाले विजयी भएको भट्टराईको गृहपालिका खोटाङको खोटेहाङ गाउँपालिका माओवादीले खोसेको हो ।

यहाँ एमालेतर्फबाट कविता राई र माओवादीबाट उदिमकुमार राई अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका थिए । अन्तिम नतिजामा उदिमले कवितालाई स्तब्ध पारे ।

उदिमले ३ हजार ७२८ मतसहित अध्यक्षमा जित दर्ता गराउँदा कविता ३ हजार ६९० मतमा रोकिइन् । कविता यो गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रुपेश राईले जिते । राई ३ हजार ७६३ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन् । उनले प्राप्त गरेको मत उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन बञ्जराले ३ हजार ३१० मत पाए ।