एउटा नगरपालिका जहाँ माओवादीलाई हराउन कांग्रेस र एमाले मिलेका थिए

काठमाडौं । स्थानीय तहको निर्वाचनमा देशभरबाट भटाभट मतपरिणाम आइरहेको छ । जसमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी देखिएका छन् । देशभरको चुनावी परिणाम र प्रतिस्पर्धाले पनि यही देखाउँछ । परिणाम आएमध्ये कांग्रेसले १३४ ठाउँमा जित्दा १७३ मा अग्रता लिइरहेको छ ।
दोस्रो स्थानमा रहेको एमालेले ८५ तह जित्दा १०३ ठाउँमा अग्रता बनाइरहेको छ । चुनाव अघि नै पालिकामा मुख्य प्रतिस्पर्धी यी दुई दललाई नै ठानिएको थियो । निर्वाचन परिणाम र अग्रताको अंकले पनि यही देखाउँछ । तेस्रोमा माओवादीले ६१ तह जित्दा ५५ ठाउँमा अग्रता बनाइरहेको छ ।
एमालेलाई पछि पार्न सत्ता गठबन्धनमा आवद्ध दल कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मिलेर चुनाव लडेका थिए । महानगर र सबै उपमहानगरपालिकामा लगभग धेरैजसो ठाउँमा तालमेल गरेका थिए । आफूले नजितेका स्थानीय तहमा पनि गठबन्धनले तालमेल गरेका थिए । एमाले हराउने प्रयास स्वरुप दुई सय बढी पालिकामा तालमेल थियो ।
तर केन्द्रकाे सहमति र तालमेल विपरीत कालिकोटको तिलागुफा नगरपालिकामा भने कांग्रेस र एमाले माओवादीलाई हराउन मिलेका थिए । माओवादी हराउन कांग्रेसले मेयर र एमालेले उपमेयरमा उम्मेदवारी दिएका थिए । जहाँ काग्रेसका उम्मेदवार शंकरप्रसाद उपाध्याय २९१६ मत ल्याएर मेयरमा निर्वाचित भएका छन् । कांग्रेस र एमाले मिल्दा माओवादी केन्द्रका दिनेश चँदारा ३८६ मतान्तरले पराजित हुन पुगेका थिए । चँदाराले २,५३० मत ल्याए ।
उपप्रमुखमा पनि कांग्रेससँगको तालमेलमा एमालेका महेन्द्रबहादुर शाही विजयी भए । शाही २७५६ मत ल्याएर विजयी हुँदा पराजित माओवादीका गीताकुमार वली (थापा)ले २४१५ मत ल्याइन् ।
कांग्रेसले एमालेसँग मिलेर जितेको यो अहिलेसम्मको पहिलो स्थानीय तह हाे ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया