जुम्लाको पातारासीमा कांग्रेस विजयी
खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हरिबहादुर बुढाले दुई हजार ६६८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी जनमाया रोकायाले दुई हजार ७५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति बुढाले दुई हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय पातारासीले जनाएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाको अन्तिम मत परिमाण आउन बाँकी छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया