जुम्लाको पातारासीमा कांग्रेस विजयी

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकामा नेपाली कांग्रेसका पूर्णसिंह बोहोराले दुई हजार ७६८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हरिबहादुर बुढाले दुई हजार ६६८ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी जनमाया रोकायाले दुई हजार ७५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति बुढाले दुई हजार ४६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय पातारासीले जनाएको छ ।
जिल्लाको चन्दननाथ नगरपालिका, तिला, तातोपानी र गुठीचौर गाउँपालिकाको अन्तिम मत परिमाण आउन बाँकी छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरेको छ ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया