खनियाबासमा गठबन्धनबाट अध्यक्षमा रणबहादुर र उपाध्यक्षमा सेक्केमान

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदखवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन् ।
तामाङ एक हजार ६०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका फूलबहादुर तामाङले एक हजार ३९६ मत प्रप्त गरेका छन् ।
विजयी गत स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष थिए । उपाध्यक्षमा गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका सेक्केमान तमाङले एक हजार ८२७ प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाबाट मरियम तामाङले एक हजार २२७ मत प्रप्त गरे ।
ताजा अपडेट
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
प्रतिक्रिया