NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राप्रपाले काठमाडौंबाटै खाता खोल्यो, शङ्करापुरको मेयरमा विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानी काठमाडौंबाटै पालिकामा खाता खोलेको छ । काठमाडौंको शङ्करापुर नगरपालिकाबाट राप्रपाले खाता खोलेको हो ।

राप्रपाका रमेश नापित मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन् ।

यो पालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । तर पनि एककिृत समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन् ।