सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ

खड्क सुनार, मुगु । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाँका कान्छा छोरा पक्राउ परेका छन् ।
जिल्लाको खत्याड गाउँपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानियाँ ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन ।
मंगलबार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव निरीक्षक जुनबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार पक्राउ परेका अर्पणलाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ । -न्यूज कारखानाबाट साभार ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया