अग्रता बढाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ६२२१ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले १३४८६ मत ल्याएका छन् भने स्थापितले ७२६६ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६३९९ मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।
प्रतिक्रिया