रामगोपालपुरमा एमाले विजयी
महोत्तरी । लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी भएका छन् ।
प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गरेका छन् । नका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गरेको रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिए ।
त्यसैगरी, उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गरेको र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गरेको रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका जिल्लामा सबै पदको मतगणना परिणाम घोषणा भएको यो पहिलो हो । अब धमाधम परिणाम घोषणा गर्ने चरणमा पुग्न लागिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाभरिमा आठवटा वडाध्यक्ष र १०० मुनि वडा सदस्यमा मात्र जित हात पारेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया