हृदयेश त्रिपाठीको वडामा उनकै नेतृत्वको पार्टी पराजित

परासी । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीको पार्टीका उम्मेदवारले उनकै वडामा हार व्यहोर्नु परेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ मा त्रिपाठीको पार्टी जनता प्रगतिशीलका उम्मेदवार रामहरि उपाध्याय नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद अधिकारीसँग २ सय ५४ मतान्तरले पराजित भएका छन् ।
पहिलो स्थानीय तह निर्वाचन बहिष्कार गरेका त्रिपाठी यो चुनावमा जनता प्रगतिशील पार्टी जप्रपा दल दर्ता गरेर सहभागी भएका हुन् ।
जप्रपाका उम्मेदवार रामहरिले ५ सय ८९ मत र कांग्रेसका उम्मेदवार केशव प्रसाद अधिकारीले ८ सय ४३ मत ल्याएका हुन् । अहिलेसम्म त्रिपाठीको पार्टीले प्रतापपुरको १ वडा मात्र जितेको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया