NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

पनौतीमा कांग्रेस र एमालेबीच कडा टक्कर

काठमाडौं । काभ्रेको पनौती नगरपालिकाको मेयरमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । ८ वटा वडाको मतगणना सकिएको पनौतीमा चारवटा वडाको ९३४० मत गणना बाँकी हुँदा प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको हो ।

३ वडाबाट धेरै मतको अग्रता एमालेका भीम न्याैपानले लिएका थिए । तर पनि भण्डारीले ५, ६, ७ र ८ बाट राम्रो मत बटुलेर अग्रतासमेत लिन सके । वडा अध्यक्ष एमालेले जितेका ४, ६, ७ र ८ बाट मेयरमा कांग्रेसका उम्मेदवारलाई बढी भोट आएको छ । ३ मा एमालेले वडा अध्यक्षमा ६ सय बढी मत ल्याएको थियो । ५ मा कांग्रेसले वडा अध्यक्ष जित्दा ५ सय बढी मत ल्याएको थियो । कांग्रेसले १ काे वडा अध्यक्ष जित्दा मेयरमा पनि बढी मत पठाएकाे थियाे ।

रामशरण भण्डारीले ३८५ मतले अग्रता लिइरहेका छन् । अब भण्डारीकै वडामा गणना भएपछि उनले एमालेका भीम न्यौपानेलाई थप उछिन्ने बताइएको छ । ९ कांग्रेसका उम्मेदवारको वडा हो ।

कांग्रेसले ९ मा अघिल्लोपटक ४ चार सय अन्तरले वडाध्यक्ष जितेको थियो । १० र ११ मा एक एक सय अन्तरले मात्रै कांग्रेसले अघिल्लोपटक जितेको थियो । कांग्रेस मेयरको वडाबाट ६ देखि ८ सयम्मको अग्रता बनाउने आशा कांग्रेसले गरेको छ ।

१० र ११ वडाबाट अघिल्लोपटक जस्तै गरी भोट आए पनि १२ बाट असर नपर्ने कांग्रेस पनौतीका एक नेता बताउँछन् ।

एमालेले वडा अध्यक्ष जितेका वडामा मेयरमा कांग्रेसले बढी भोट पाउने गरेको अनौठो लय यसपटक देखिएको छ । यसले पनि थप रोमाञ्चतक थप्ने बताइन्छ ।

१२ नम्बर वडामा अघिल्लोपटक एमालेले ६ सय अन्तरले जितेको थियो । अरु वडाबाट पछाडि परे पनि एमालेले १२ नम्बर वडाबाट मत थपेर जित्ने हिसाब निकालेको छ । तर यसपटक कठिन देखिएकाे छ । तर फराकिलाे अन्तर बनाउन असम्भव नै भने छैन ।

काग्रेसले पनि ९, १० र ११ वडाबाट कम्तिमा ६ सयको अग्रता लिएर जित्ने हिसाब निकालेकाेले पनौतीको परिणाम रोचक हुन सक्ने देखिएको छ ।

तर वडा अध्यक्ष जिते पनि मेयरमा भीम न्यौपानेलाई अपेक्षित भाेट नअाएपछि निराश बनाएको छ ।

उपमेयरमा एमाले अगाडि र नेकपा एकीकृतका उम्मेदवार पछाडि देखिएका छन् ।