कांग्रेसका बागीले कांग्रेसलाई हराएर जिते चुनाव

काठमाडौं । विपक्षीलाई हराएर जितेको नतिजा एकपछि अर्को गरी आइरहँदा जुम्लाबाट भने फरक समाचार आएको छ । जुम्लाको चन्दननाथ नगपालिकामा कांग्रेसका बागीले कांग्रेसलाई नै हराएर मेयर पद हत्याएका छन् ।
पार्टीले टिकट नदिएपछि कांग्रेसकै राजुसिंह कठायतले कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गरेका हुन् ।
कठायतले २४०३ मत ल्याउँदा पराजित कांग्रेसका आधिकारिक उम्मेदवार पदमबहादुर शाहीले २३४१ मत ल्याएका हुन् । शाही ६२ मतले पराजित भएका हुन् ।
२०७४ सालमा चन्दननाथमा कान्तिका सेजुवालले मेयर जितेकी थिइन् । कांग्रेसका आधिकारिक उम्मेदवार मेयरमा नजिते पनि उपमेयरमा कांग्रेसकी रामदेवी खड्का विजयी भइन् ।
कठायतले धाराे चुनाव चिन्हबाट मेयर जितेका हुन् । चितवनको भरतपुरमा पनि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन् ।
मेयरमा विजयी हुने कठायत पूर्वमन्त्री अदनसिंह कठायतका छोरासमेत हुन् । अदनसिंह पञ्चायतकालमा मन्त्री बनेका थिए ।
राप्रपामा छँदा २०५४ सालमा स्थानीय तहकै निर्वाचनमा टिकट नपाएपछि सिंहले स्वतन्त्रबाट जितेका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया