२१ वर्षीय वशिष्टकुमार ४२ वर्षीय अजयकुमारलाई पराजित गर्दै बने गाउँपालिका अध्यक्ष

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकामा जसपाका २१ वर्षीय युवकले ४२ वर्षका कांग्रेसका उम्मेदवारलाई पराजित गरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
वशिष्ट कुमारले आफ्ना निकटतम प्रतिस्पर्धी उम्मेदवार अजयकुमारलाई १०८ मतान्तरले पराजित गरेका हुन् ।
बशिष्टले ३ हजार ७१९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अजयकुमारले ३ हजार ६०५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया