वडाअध्यक्ष र सदस्यमा दलहरूले देशभर कति जिते ?

सलिना ढुंगेल\काठमाडौं । स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस अगाडि छ । पालिकाकाे नेतृत्वमा एमाले, दाेस्राे र माओवादी केन्द्र तेस्राे स्थानमा छ । पालिकाकाे नेतृत्व एकातिर चयन भइरहँदा तल्लाे तहसम्म पहुँच राख्ने वडाध्यक्ष, सदस्य पनि सँगै चुनिंदै छन् ।
देशभरका ७५३ स्थानीय तहमा रहेका ६ हजार ७४३ वडा अध्यक्षका पदमध्ये नेपाली कांग्रेस अहिलेसम्म जम्मा २ हजार ५७ वडामा जित्न सफल भएको छ । यो निर्वाचन आयोगले बुधबार ५ बजेसम्म उपलब्ध गराएको तथ्यांक हो ।
अहिले मत गणना भइरहेका वडामध्ये ६३ वटा वडामा कांग्रेसका उम्मेदवार अगाडि छन् । त्यस्तै नेकपा कम्युनिष्ट पार्टी (एमाले) एक हजार ५९४ वडामा विजयी भएको छ । ७४ वडामा आफ्नो अग्रता कायम गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)ले अहिलेसम्म ८६४ वडामा वडा अध्यक्ष जितेको छ । त्यस्तै २२ वडामा माओवादीका उम्मेदवार अग्र स्थानमा छन् ।
यस्तै जनता समाजवादी पार्टीले १६५ वडा आफ्नो नेतृत्वमा ल्याएको छ । मत गणना भइरहेका ११ वडामा अग्रता कायम राखेको छ । अन्य साना दल ४३३ वडामा विजयी भएका छन् भन १२ वडाको मत गणनामा अघि अघि छन् ।
वडामा महिला सदस्य कुन दलबाट कति ?
स्थानीय तहको निर्वाचनमा वडामा महिला सदस्य मध्ये पनि नेपाली कांग्रेसले अग्र स्थानमा विजयी हासिल गरेको छ । मत गणना भइरहेका मध्ये ८३ वडामा आफ्नो अग्रता कायम राखेको छ ।
कांग्रेसले २०/२० वडामा नेपाली कांग्रेसका महिला उम्मेदवार विजयी भएका छन् । नेकपा कम्युनिष्ट पार्टी (एमाले) पनि एक हजार ७२८ वडामा विजयी भएको छ । एमालेले ९९ वडामा अग्रता कायम राखेको छ ।
त्यस्तै क्रमश माओवादी केन्द्रले ७५१ वडामा विजयी हासिल गरेको छ । भने २७ वडामा अग्रता कायम राखेको छ । त्यस्तै जनता समाजवादी पार्टीले १५३ वडामा विजयी प्राप्त गरी १७ वडामा अग्रता राखेको छ । अन्य साना पार्टीले महिला सदस्यमा ३७१ वडामा विजयी हासिल गरेर १४ वडामा अग्रता कायम राखेका छन् ।
वडामा दलित महिला संख्या
दलित महिलाको संख्यामा पनि वडामा नेपाली कांग्रेस नै अगाडि रहेको छ । कांग्रेसले एक हजार ८८७ वडामा आफ्नो जित हासिल गरेको छ । ८५ वडामा अग्रता कायम राखेको छ ।
त्यस्तै क्रमश नेकपा कम्युनिष्ट पार्टी (एमाले) एक हजार ६२६ वडामा विजयी भएर ९५ वडामा अग्र स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र)ले ७८२ वडामा विजयी भएको छ भने आफ्नो २५ वडामा अग्रता कायम गरेको छ ।
जनता समाजवादी पार्टीले १५४ वडामा विजयी प्राप्त गरी १६ वडामा अग्रता कायम राखेको छ । यस्तै अन्य साना दल ३५९ वडामा विजयी भएको छ भने १४ वडामा अग्र स्थानमा रहेको छ ।
वडामा सदस्य
वडामा १३ हजार ४८६ वडा सदस्यमध्ये अहिले सम्म १० हजार सदस्यको मत गणना भएको छ । जसमा नेपाली कांग्रेसले सबै भन्दा बढी विजयी हासिल गरेको छ । कांग्रेसले ४०५९ वडामा विजयी गरेको छ । ७१ वडामा अग्रता कायम राखेको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३ हजार ३४२ वडामा विजेता भइ १०७ वडामा अग्र स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एक हजार ४३९ वडामा विजयी प्राप्त गरेको छ भने माओवादी केन्द्रले २१ वडामा अग्रता कायम राखेको छ । त्यस्तै जनता समाजवादी पार्टीले ३०५ वडामा जित हसिल गरी १६ वडामा अग्रता कायम गरेको छ । अन्य साना दलले ७७० वडामा विजयी प्राप्त गरेका छन् भने ११ वडामा अग्र स्थानमा कायम छन् ।
प्रतिक्रिया