NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बागमती नगरपालिकामा माओवादी केन्द्र विजयी

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

प्रमुख भरतकुमार थापा र उपप्रमुखमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।

थापाले नेकपा एमालेका टंकबहादुर बस्नेतलाई हराउँदै विजयी भएका हुन् । थापाले तीन हजार ९८९ र बस्नेतले ७ हजार ३६८ मत ल्याएका छन् ।

बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चारवटा पालिकामा जित निकालेको छ ।

मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनले १० हजार ८७९ र एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत प्राप्त गरेकी थिइन् ।