NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पाँचथरका ३ वडाको नेतृत्व स्वतन्त्र उम्मेदवारलाई

शंकर चापागाईँ, पाँचथर । पाँचथरका ३ वडाको नेतृत्व स्वतन्त्र उम्मेदवारले गर्ने भएका छन् । जिल्लाका ६० वडा मध्ये ३ वटा वडाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारहरू फिदिम नगरपालिका वडा नंं. ६ मा विपन तुम्रोक, मिक्लाजुङ गाउँपालिका–१ मा घनेन्द्र आङदेम्बे र फालेलुङ–१ मा टेकबहादुर गुरागाईँ वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।

फिदिम नगरपालिका वडा नं. ६ का स्वतन्त्र उम्मेदवार विपन तुम्रोकले निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डिगपवीर मगरलाई ४८२ को मत अन्तरले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । तुम्रोकले ८८४ मत प्राप्त गर्दा मगरले ४०२ मत प्राप्त गरेका छन् ।

यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका–१, मा पनि स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बेले गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णु राईलाई ३१ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी बनेका छन् । आङ्देम्बेले ४६८ मत प्राप्त गर्दा माओवादी केन्द्रका राईले ४३७ मत प्राप्त गरेका छन् ।

यसैगरी फालेलुङ गाउँपालिका वडा नं. १ मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार टेकबहादुर गुरागाईँ गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का श्रीप्रसाद जबेगूलाई ४० मतले पछि पार्दै वडा अध्यक्षमा विजयी बनेका छन् । गुरागाईँले ३५९ प्राप्त गर्दा जबेगूले ३१९ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रको तर्फबाट वडाध्यक्षमा विजयी बनेका तीनैजना युवा छन् । विपन २४ वर्षीय, घनेन्द्र २९ वर्षीय र टेकबहादुर ३५ वर्षीय रहेका छन् ।

फिदिम नगरपालिकामा कांग्रेस र माओवादीका उम्मेदवारले बाजी मारे – NepalWatch