NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

विराटनगरको मेयरमा कांग्रेसका कोइराला ३९३७ मतले अगाडि

काठमाडौं । विराटनगर महानगरपालिकाको प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दलका तर्फबाट प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले तीन हजार ९३७ मतले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श माध्यमिक विद्यालयबाट आज साँझ जारी गरिएको सूचनामा ४८ हजार ३०९ मतगणनामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले १५ हजार ४३०, नेकपा एमालेका सागर थापाले ११ हजार ४९३, स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले चार हजार ८०७ र राप्रपाका प्रह्लादप्रसाद साहले तीन हजार १०१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १३ हजार १७९, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले सात हजार ९४६, राप्रपाकी बिन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ७७९ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले दुई हजार ७८२ मत प्राप्त गरेका छन् ।

यस्तै विराटनगर महानगरपालिकाका वडा नं ७ को वडाध्यक्षमा कांग्रेसका मधुबाबु तिवारी एक हजार ३१२ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, १२, १४, १५ को मतगणना भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष