एमालेले खोस्यो लोसपाले जितेको गाउँपलिका
बारा । जिल्लाको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
सात वडा रहेको सो पालिकामा अध्यक्षमा विनोद जैसवाल चार हजार ४४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार कलवारले तीन हजार १२८ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा किरण देवीले नेपाली कांग्रेसकी निलम साहलाई ७१२ मतान्तरले पराजित गरे । किरणले तीन हजार ९८३ तथा निलमले तीन हजार २७१ मत पाइन् । विसं २०७४ को निर्वाचनमा यस पालिकामा लोसपाका भोलाप्रसाद गुप्ता र गीता साह निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया