NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

एमालेले खोस्यो लोसपाले जितेको गाउँपलिका

बारा । जिल्लाको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

सात वडा रहेको सो पालिकामा अध्यक्षमा विनोद जैसवाल चार हजार ४४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार कलवारले तीन हजार १२८ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा किरण देवीले नेपाली कांग्रेसकी निलम साहलाई ७१२ मतान्तरले पराजित गरे । किरणले तीन हजार ९८३ तथा निलमले तीन हजार २७१ मत पाइन् । विसं २०७४ को निर्वाचनमा यस पालिकामा लोसपाका भोलाप्रसाद गुप्ता र गीता साह निर्वाचित भएका थिए ।