NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बलान विहुल गाउँपालिकामा सिके राउतको पार्टी विजयी

सप्तरी । सप्तरीको बलान विहुल गाउँपालिकाको अध्यक्ष पदमा खेमचन्द्र यादवले दुई हजार ९९४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवीनकुमार झाले दुई हजार २४७ मत प्राप्त गरे । यसैगरी उपाध्यक्ष पदमा पनि जनमत पार्टीका रेणु यादव दुई हजार ६९० मत ल्याएर निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै आशदेवी मण्डलले दुई हजार ३०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।