गगन थापाका सबै वडामा कांग्रेस पराजित

काठमाडौं । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रकै वडामै कांग्रेसले पराजय बेहोरेको छ ।
थापाको काठमाडौं क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगपालिकाका गरी १२ वटा वडा पर्छन् । यी १२ वटा वडाका कुनै पनि वडाध्यक्ष कांग्रेसले जित्न सकेन ।
बुढानिलकण्ठको मेयर र उपमेयर दुवै एमालेले जित्दा यो नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ मा कांग्रेस वडाध्यक्षमा नील हुनपुग्यो ।
यी सबै वडामा अध्यक्ष एमालेले आफ्नो पक्षमा पार्यो । वडा १ मा कांग्रेस दोब्बर मतले पराजित भयो । केही वडाबाहेक सबैमा भारी मतले कांग्रेस पराजित हुन पुगेको छ । संघीय निर्वाचन अघिकाे स्थानीय तहकाे निर्वाचनमा थापालाई अनपेक्षित परिणाम आइलागेको हो ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया