पकड रहेकै पालिकामा एमालेको शर्मनाक पराजय

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका एमालेको पकड रहेको क्षेत्र हो । २०७४ सालमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । तर यसपटक एमालेले नमोबुद्धमा शर्मनाक पराजय बेहारेको छ ।
मेयरमा कांग्रेसका कुन्साङ लामा ११ हजार दुई सय ११ मत ल्याएर विजयी हुँदा एमालेका राजन भुर्तेल धेरै पछि परे । उनले ५ हजार ८ सय २२ मत ल्याए । अघिल्लोपटक विजयी भएको पालिकामा एमाले पाँच हजार तीन सय ८९ पराजित भएको हो ।
उपप्रमुखमा पनि माअाेवादीले एमालेलाई हजार अन्तरले पराजित गरेकाे छ ।
पराजित भुर्तेल एमालेको जिल्ला तहमा नेता हुन् । उनी जिल्ला सचिव हुन । तर विजयी कांग्रेसका लामा नगरका सभापति हुन् ।
नगरका ११ वडामध्ये ४, ८ र ११ मात्रै एमालेले जित्यो । बाकी कांग्रेस, माओवादी र स्वतन्त्रले जितेका छन् ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया