पकड रहेकै पालिकामा एमालेको शर्मनाक पराजय
काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका एमालेको पकड रहेको क्षेत्र हो । २०७४ सालमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । तर यसपटक एमालेले नमोबुद्धमा शर्मनाक पराजय बेहारेको छ ।
मेयरमा कांग्रेसका कुन्साङ लामा ११ हजार दुई सय ११ मत ल्याएर विजयी हुँदा एमालेका राजन भुर्तेल धेरै पछि परे । उनले ५ हजार ८ सय २२ मत ल्याए । अघिल्लोपटक विजयी भएको पालिकामा एमाले पाँच हजार तीन सय ८९ पराजित भएको हो ।
उपप्रमुखमा पनि माअाेवादीले एमालेलाई हजार अन्तरले पराजित गरेकाे छ ।
पराजित भुर्तेल एमालेको जिल्ला तहमा नेता हुन् । उनी जिल्ला सचिव हुन । तर विजयी कांग्रेसका लामा नगरका सभापति हुन् ।
नगरका ११ वडामध्ये ४, ८ र ११ मात्रै एमालेले जित्यो । बाकी कांग्रेस, माओवादी र स्वतन्त्रले जितेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया