यौनशोषण भएकाे भनिएकी युवतीको आरोप : माल्भिका दिदीले याे मेरो विषय होइन भन्नुभयो
काठमाडौं । बुधबार राति टिकटकमा ‘सुसी खान जाने हो’ भन्ने एकाउन्टबाट एक युवतीले सुन्दरी प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरिन् ।
उनले विसं. २०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा एक फोटो पत्रकार र कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको खुलाएकी छन् ।
त्यसमा ती युवतीले आफूमाथि भएको बलात्कार र पीडकहरुबारे पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि जानकारी दिए पनि उनले आफूलाई सहयोग नगरेको भनेकी छन् ।
उनले यही घटनाका कारण लामो समयदेखि आफू मानसिक रुपमा विक्षिप्त भएको र अन्तिममा घटनालाई सार्वजनिक गर्ने निर्णय गरेको पनि बताएकी छन् ।
पीडित युवतीका भिडियो अहिले सामाजिक सञ्जालमा सेयर भइरहेको छ । तर उनको भिडियो टिकटकले हटाइदिएको छ ।
सामाजिक सञ्जालमा आफूविरुद्ध प्रश्न उठेपछि माल्भिकाले आफ्नो इन्स्टाग्राम अकाउन्ट कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् ।
युवतीले आफूमाथि भएको यौन शोषणको खुलासा गरेपछि सामाजिक सञ्जालमा माल्भिका सुब्बा र पीडकहरुप्रति आक्रोश मिसिएका टिप्पणी भइरहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया