निर्वाचित घोषणा गरेको ६ दिनपछि नखोलिएको मतपेटिका भेटिएपछि….
काठमाडौं । ३१ वैशाखमा मतगणना गरेर अध्यक्ष निर्वाचित भएको घोषणा गरिए पनि महोत्तरीमा नखोलिएको मतपेटिका भेटिएको छ । महोत्तरी नगरपालिका ८ मा बिहीबार नखोलिएको मतपेटिका भेटिएको हो । तर यस अघि नै मतगणना सकिएर निर्वाचित वडाध्यक्ष घोषणा गरिसकिएको छ ।
परिणाममा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको घोषणा गरिएको थियो । समशेरसिंह लामाले एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गरेको तथ्य आयोगले नै यस अघि दिएको थियो । यसैले लामालाई विजयी घोषणा गरिएको थियो ।
लामाले ७५१ मत ल्याउँदा पराजित मगरको ७४४ मत आएको छ । लामा जम्मा सात मतको अन्तरले विजयी घोषित भएका थिए । अन्तिम वडाका रुपमा ८ नम्बर वडाको मतगणना गर्ने क्रममा ९ को एउटा नखोलिएको मतपेटिका भेटिएको हो ।
कांग्रेस नेता कल्याण गुरुङले लापरवाहीको कारण यस्तो हुन सक्ने जानकारी दिए । ‘मत कति खस्यो भन्ने विवरण हुन्छ । गणना गर्दा कति पुगेन भन्ने पनि खोजी हुन्छ तर चरम लापरावाही देखिएको छ’ उनले भने, ‘एक हप्तापछि आएर मतपेटिका भेटियो भन्ने मैंले पनि सुनेको छु । तर जे भयो यो राम्रो काम भएन ।’
नगरमा भने स्वतन्त्रका प्रह्लादकुमार क्षेत्रीले चार हजार बढीको अग्रता लिएका छन् । माओवादीका राजु खड्का निक्कै पछाडि छन् । अब सर्वदलीय बैठक बसेर यो विषयमा निर्णय लिने तयारी भएको बुझिएको छ । मेयरमा असर नपर्ने भए पनि वडाध्यक्षकाे साँघुराे अन्तरकाे हारजितकाे विषय भने प्रभावित हुन सक्ने देखिएकाे छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया