NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बालेनसँग भारी अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेकी सिर्जना भन्छिन्, ‘जित्नेमा ढुक्क छु’

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।

बिहीबार मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।

चुनावी परिणामबारे मतगणना सकिएपछि छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने उनको भनाइ थियो ।

‘एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ’, सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘धेरै वडामा हामीले अग्रता लिइराखेका छौँ ।’

गठबन्धनकी उम्मेदवार सिंह जारी मतगणनामा तेस्रो स्थानमा छिन् ।

पहिलो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा उनी झण्डै १२ हजार मतले पछि छिन् ।

बालेनले २२८४२ मत ल्याएका छन् भने दोस्रो स्थानका स्थापितले ११७६९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी सिंहले भने १०९८६ मत ल्याएकी छिन् ।

बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।

बालेनले लिए स्थापितमाथि ११ हजारभन्दा बढी मतको अग्रता – NepalWatch