बालेनसँग भारी अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेकी सिर्जना भन्छिन्, ‘जित्नेमा ढुक्क छु’
काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छिन् ।
बिहीबार मतगणनास्थल राष्ट्रियसभा गृह पुगेकी उनले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुने बताइन् ।
चुनावी परिणामबारे मतगणना सकिएपछि छलफल गरेर मात्र धारणा सार्वजनिक गर्ने उनको भनाइ थियो ।
‘एक लाख ९० हजार मतमध्ये ६० हजार मात्र गणना भएको छ । त्यसैले मतपरिणामबारे अहिले नै बोल्नु हतार हुन्छ’, सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘धेरै वडामा हामीले अग्रता लिइराखेका छौँ ।’
गठबन्धनकी उम्मेदवार सिंह जारी मतगणनामा तेस्रो स्थानमा छिन् ।
पहिलो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा उनी झण्डै १२ हजार मतले पछि छिन् ।
बालेनले २२८४२ मत ल्याएका छन् भने दोस्रो स्थानका स्थापितले ११७६९ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी सिंहले भने १०९८६ मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।
बालेनले लिए स्थापितमाथि ११ हजारभन्दा बढी मतको अग्रता – NepalWatch
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया