NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ओलीको गृहनगर दमकमा बुधबार अघि रहेको एमाले आज फेरि पछि

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयरमा एमाले पछि परेको छ । बुधबार अगाडि रहेको एमाले आज लगातार पछि परिरहेको हाे ।

एमालेकी उम्मेदवार गीता अधिकारी राप्रपाका उम्मेदवार राम थापासँग लगातार पछि परिरहेकी हुन् ।

गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका थापाले एमालेकी उम्मेदवार अधिकारीलाई ८७० मतले पछि पारेका छन् ।

थापाले १४५७० मत ल्याएका छन् भने अधिकारीले १३७०० मत मात्र ल्याएकी छिन् ।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् । उनले १३९३१ मत ल्याएकी छिन् ।

एमालेका उम्मेदवार अम्बिका खनालले भने १३५३६ मत ल्याएका छन् ।

अब वडा नम्बर ५ र ६ गन्न बाँकी छ । ५ अध्यक्ष ओली र एमालेकी उम्मेदवार अधिकारीको वडा हो । यसमा एमालेको पकड राम्रो छ । यसैले, यहाँ एमालेले राम्रो मत ल्याउने अनुमान गरिएको छ ।

त्यस्तै, वडा नम्बर ६ पनि राप्रपाका उम्मेदवार थापाको पकड क्षेत्र हो । यसर्थ, यी दुई वडाको मतगणना रोमाञ्चक हुने अनुमान गरिएको छ । साथै, यी दुई वडा निर्णायकसमेत हुनेछन् ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष