स्थापितको वडामा फेरि बालेन अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गत अहिले वडा नम्बर २८ को मतगणना जारी छ । एमालेका उम्मेदवार केशव स्थापितको वडासमेत रहेको यो क्षेत्रमा आज फेरि स्वतन्त्र उम्मेदवार बालेन शाह अघि रहेका छन् ।
अहिलेसम्म २२२१ भोट गणना भइसकेकोमा बालेनको पक्षमा ५७१ भोट आएको छ । यस्तै, स्थापितले आफ्नै वडामा ५३९ मतमात्र ल्याएका छन् । यसैगरी, सिर्जना सिंहले ५०७ भोट ल्याएका छन् ।
मंगलबार भएको वडा नम्बर २८ को सुरुवाती गणनामा पनि बालेन अगाडि थिए । तर बुधबार स्थापितले अग्रता लिएका थिए । आज फेरि बालेन अघि देखिएका हुन् ।
स्थापितले वडा नम्बर २८ अन्तर्गत बागबजारस्थित पद्मकन्या क्याम्पसमा मतदान गरेका थिए ।
प्रतिक्रिया