एमालेको प्रभावशाली पकड भएको पनौती नगरमा कांग्रेसको जित

काठमाडौं । एमालेको बलियो प्रभाव र पकड भएको काभ्रेको पनौती नगरपालिकामा कांग्रेसले मेयर जितेको छ । एमालेका भीम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो । उपमेयर भने एमालेले नै जितेको छ ।
मेयरमा ११ वटा वडाको मतगणना सकिंदासम्म कांग्रेसका रामशरण भण्डारीले २ हजार मतको अग्रता लिएका छन् । १२ नम्बर वडामा खसेको २१४६ मतमध्ये दुई सयको गणना गरिसकिएको छ । यो मतमा पनि कांग्रेसले मेयरमा ११० मत पाउँदा एमालेले मेयरमा ६२ मत पाएको छ ।
यसैले गन्न बाँकी मतमा एमालेले सबै पाए पनि कांग्रेसले मेयर जित्ने निश्चित भएको हो । सधैं एमालेको पकड रहेको लालकिल्ला भत्काउन कांग्रेस सफल भएको हो ।
वडातर्फ कांग्रेसले १, ५, ९ र १० गरी चारवटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ वडा गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडाको नतिजा आउन बाँकी छ ।
२०७४ सालमा एमालेले मेयर र उपमेयरसहित ६ वटा वडा जितेको थियो । कांग्रेसले पनि ६ वटै वडा जितको थियो । अघिल्लोपटक एमालेले पनौतीको मेयरमा तीन हजार अन्तरले जितेको थियो ।
यसपटक धेरै वडा जित्नुको बाबजुद एमालेले पालिका भने गुमाउन पुगेको हो । वडा अध्यक्ष जित्ने तर मेयरमा कांग्रेसलाई भोट आउने अस्वभाविक क्रम यसपटक पनौतीमा देखिएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया