एमालेको प्रभावशाली पकड भएको पनौती नगरमा कांग्रेसको जित
काठमाडौं । एमालेको बलियो प्रभाव र पकड भएको काभ्रेको पनौती नगरपालिकामा कांग्रेसले मेयर जितेको छ । एमालेका भीम न्यौपानेलाई पराजित गर्दै कांग्रेसले मेयर जितेको हो । उपमेयर भने एमालेले नै जितेको छ ।
मेयरमा ११ वटा वडाको मतगणना सकिंदासम्म कांग्रेसका रामशरण भण्डारीले २ हजार मतको अग्रता लिएका छन् । १२ नम्बर वडामा खसेको २१४६ मतमध्ये दुई सयको गणना गरिसकिएको छ । यो मतमा पनि कांग्रेसले मेयरमा ११० मत पाउँदा एमालेले मेयरमा ६२ मत पाएको छ ।
यसैले गन्न बाँकी मतमा एमालेले सबै पाए पनि कांग्रेसले मेयर जित्ने निश्चित भएको हो । सधैं एमालेको पकड रहेको लालकिल्ला भत्काउन कांग्रेस सफल भएको हो ।
वडातर्फ कांग्रेसले १, ५, ९ र १० गरी चारवटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ वडा गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडाको नतिजा आउन बाँकी छ ।
२०७४ सालमा एमालेले मेयर र उपमेयरसहित ६ वटा वडा जितेको थियो । कांग्रेसले पनि ६ वटै वडा जितको थियो । अघिल्लोपटक एमालेले पनौतीको मेयरमा तीन हजार अन्तरले जितेको थियो ।
यसपटक धेरै वडा जित्नुको बाबजुद एमालेले पालिका भने गुमाउन पुगेको हो । वडा अध्यक्ष जित्ने तर मेयरमा कांग्रेसलाई भोट आउने अस्वभाविक क्रम यसपटक पनौतीमा देखिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया