NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

उर्लाबारीको मेयर र उपमेयर दुवैमा एमालेको जित

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा (एमाले) विजयी भएको छ ।

मेयरमा एमालेका गंगाप्रसाद खरेलले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोलाई पाखा लगाउँदै विजयी भएका हुन् ।

यस्तै, उपमेयरमा पनि एमालेकै मिना खतिवडा पौडेल विजयी भएकी छिन् । उनले कांग्रेसकी सीता कार्कीलाई हराएकी हुन् ।

एमालेले अघिल्लो निर्वाचनमा कांग्रेससँग भोगेको पराजयको बदला लिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष