पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यको मतान्तर बढ्दै

कास्की । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना वैशाख ३१ गतेदेखि जारी छ । पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा आज साँझसम्म सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै गएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको पनि केही मतको अग्रता छ । पोखरामा हालसम्म ५५ हजार २६७ मतगणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार आचार्यको दुई हजार ७२० मतान्तरले अघि छन् ।
आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उनका प्रत्यासी एमालेका कृष्ण थापाले २० हजार १३२ मतसहित पछ्याइरहेका छन् । यसैगरी राप्रपाका शङ्कर खरालले दुई हजार ३०४ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले एक हजार ३१२ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसका कोपिला रानाभाट १४३ मतले अघि छिन् । रानाभाटले २३ हजार १६४ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको २३ हजार २१ मत छ । राप्रपाका रञ्जना सेनले दुई हजार ९९ मत प्राप्त गरेका छन् । पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १२ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले नौ वडामा जीत हासिल गरेको छ भने एमालेले तीन वडा जितेको छ ।
कांग्रेसले वडा नं २, ३, ४, १२, १३, २३, २४ ,२५ र २६ नं वडा जितेको छ । एमालेले वडा नं १, ५ र वडा नं ६ जितेको छ । हाल वडा नं ७, ८, ९, १४, २७, २८ र वडा नं २९ को गणना भइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया