NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

बालेनले लिए स्थापितमाथि झण्डै १२ हजारको अग्रता, भित्री क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मतान्तरमा बालेन शाह धैरै अघि बढेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।

बालेन स्थापितभन्दा ११९९६ मतको फराकिलो मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।

बालेनले २५१८५ मत ल्याएका छन् भने स्थापितले १३१८९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १२५४२ मत ल्याएकी छिन् ।

काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । अब भने भित्री क्षेत्रको गणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

अहिले वडा नम्बर २७ (महाबौद्ध क्षेत्र)को मतगणना भइरहेको छ । नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ ।

यद्यपि, ती क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत आइरहेको जनाइएको छ । उनलाई एमाले र कांग्रेसका उम्मेदवारको तुलनामा केही कम मत आइरहेको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष