बालेनले लिए स्थापितमाथि झण्डै १२ हजारको अग्रता, भित्री क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मतान्तरमा बालेन शाह धैरै अघि बढेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।
बालेन स्थापितभन्दा ११९९६ मतको फराकिलो मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले २५१८५ मत ल्याएका छन् भने स्थापितले १३१८९ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १२५४२ मत ल्याएकी छिन् ।
काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । अब भने भित्री क्षेत्रको गणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अहिले वडा नम्बर २७ (महाबौद्ध क्षेत्र)को मतगणना भइरहेको छ । नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ ।
यद्यपि, ती क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत आइरहेको जनाइएको छ । उनलाई एमाले र कांग्रेसका उम्मेदवारको तुलनामा केही कम मत आइरहेको बताइएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया