NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अर्थमन्त्रीको गृहनगर कांग्रेसको पोल्टामा

काठमाडौं । अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माको गृहनगर रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिका नेपाली कांग्रेसको पोल्टामा गएको छ ।

कांग्रेसका उम्मेदवार महेन्द्र केसीले ६ हजार ९१४ मत ल्याइ माओवादीका बसन्तकुमार शर्मालाई पराजित गरे । केसीले जम्मा १३ मतको अन्तरले शर्मालाई पराजित गरेका हुन् ।

उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुनमगर विजयी भएका छन् । मगर ६ हजार ४० मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत ल्याए ।

मुसीकोटमा कांग्रेस र एमालेबीच तालमेल भएको थियो । माओवादीले एकीकृत समाजवादीसँग तालमेल गरेको थियो । कांग्रेसको विजयसँगै माओवादीको गढ भत्किएको छ ।