०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त
काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको पदावधि बिहीबार मध्यरातिबाट सकिएको छ ।
०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । संविधानमा जनप्रतिनिधिको पदावधि निर्वाचित भएपछि पाँच वर्षसम्म रहने उल्लेख छ । तर पाँच वर्ष अवधि पुगिनसकेका जनप्रतिनिधि पनि बिहीबार रातिबाट निवर्तमान भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल ०७४ का जनप्रतिनिधिको बिहीबार मध्यरातबाट कार्यकाल सकिएको बताए ।
मतगणनामा विलम्ब हुँदा देशका केही स्थानीय तह भने जनप्रतिनिधिविहीन बनेका छन् । हालसम्म झण्डै ६०० स्थानीय तहको मात्र अन्तिम नतिजा सार्वजनिक भएको छ । धेरै मतदाता रहेका काठमाडौं, भरतपुर, विराटनगर, वीरगञ्जलगायत महानगरपालिकामा अन्तिम नतिजा आउन अझै केही लाग्ने देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया