धनुषाको नगराइन नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले निर्वाचित
काठमाडौं । धनुषा जिल्लाको नगराइन नगरपालिकाको मेयर र उपमेयर पद नेपाली कांग्रेस र एमालेले बाँडेका छन् ।
मेयरमा कांग्रेसका विनयकुमार यादव र उपमेयरमा नेकपा एमालेकी राधादेवी यादवको पल्लाभारी भएको छ ।
यादव ५ हजार ५५६ मतका साथ यहाँ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पञ्जियारले ५ हजार ५१४ मतमा स्तब्ध भए ।
नगराइनमा लोकतान्त्रिक समाजवादी पार्टीले राजेश चौधरीलाई मेयर उम्मेदवार बनाएको थियो । उनले २ हजार ७५८ मत हासिल गरे ।
उपमेयरमा भने एमालेकी राधादेवी यादवले जित निकालेकी छन् । कांग्रेसकी रञ्जुकुमारी साहलाई २०७ मतान्तरले पछि पार्दै यादव विजयी भएकी हुन् । यादव र साहले क्रमशः ५ हजार ७३० र ५ हजार ५२३ मत प्राप्त गरे ।
ताजा अपडेट
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?


प्रतिक्रिया