रेशम चौधरीको दलले फेरि जित्यो अर्को स्थानीय तह

कैलाली । जिल्लाको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका हुन् ।
केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गरिन् । उनले सात हजार ४७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गरे ।
नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरेका हुन् । तिरुवाले प्राप्त गरेको मत ६ हजार २२५ छ ।
उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरे ।
भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।
रेशम चौधरीको अगुवाइमा गठित नागरिक उन्मुक्ति पार्टीले योसँगै तीन स्थानीय तहमा जित निकालेको छ । भजनीसँगै टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी निर्वाचित भएको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया