ओलीकै गृहनगर दमकमा एमाले पराजित, राप्रपाले मार्यो बाजी
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ । दमकको मेयर र उपमेयर दुवैमा एमाले पराजित भएको हो ।
मेयरमा एमालेलाई पछि पार्दै राप्रपाका उम्मेदवारले विजय प्राप्त गरे ।
गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका राम थापाले एमालेकी उम्मेदवार गीता पौडेल अधिकारीलाई पाखा लगाउँदै जित हासिल गरे ।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छिन् । उनले एमालेका उम्मेदवार अम्बिका खनाललाई पराजित गरेकी हुन् ।
अन्तिममा ओली र एमालेकी उम्मेदवार अधिकारीको घर रहेको वडा नम्बर ५ र राप्रपाका उम्मेदवार थापाको घर भएको वडा नम्बर ६ गन्न बाँकी थियो । यीमध्ये ५ मा एमाले र ६ मा राप्रपाले बढी मत ल्याए ।
तर, यसअघि नै ८७० मतले अघि रहेका थापा विजयी हुन पुगे ।
यस्तो छ मत परिणाम :

ओलीको वडामा गन्न बाँकी, यी २ वडाबीच हुँदैछ रोचक र निर्णायक भिडन्त – NepalWatch
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया