राजविराज नगरपालिका जसपाको नेतृत्वमा
राजविराज । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।
निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनले नौ हजार ६२४ मत प्राप्त गरेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका भीमराज राजपाका शम्भुसँग १५ मतले पराजित भएका थिए । शम्भुले यसपटक चार हजार ८०७ मत प्राप्त गरे ।
उपप्रमुखमा जसपाबाट इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले चार हजार ४२७ मत ल्याएकी छन् ।
गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १९५ मत ल्याएर निर्वाचित भएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २०६ मतमा सीमित हुँदा चौथो स्थानमा रहिन् ।
कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा (एमाले) ले वडा नं १४, नेकपा (एकीकृत समाजवादी) ले वडा नं १२ र राप्रपाले वडा नं १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया