NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

महोत्तरीको सम्सीमा जसपा र सोनमामा लोसपा विजयी

महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका जिल्लाको सम्सीमा जसपा नेपालका रामनाथ यादवले तीन हजार ८९३ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा जसपा नेपालकै अनिता कुमारीले तीन हजार २९५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उर्मिला देवी साहले दुई हजार ६८२ मत ल्याएकी छन् ।

यसैक्रममा जिल्लाको सोनमा गाउँपालिकामा लोकतान्त्रिक पार्टी नेपालका विशेश्वर यादवले चार हजार १०८ मत ल्याएर अध्यक्ष पदमा विजयी प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोकुल यादवले तीन हजार २४३ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा लोसपा नेपालकै जहिदा खातुनले तीन हजार २९८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रञ्जिता देवीले तीन हजार २४३ मत ल्याएकी छन् ।