महोत्तरीको सम्सीमा जसपा र सोनमामा लोसपा विजयी
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका जिल्लाको सम्सीमा जसपा नेपालका रामनाथ यादवले तीन हजार ८९३ मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिमप्रसाद यादवले दुई हजार ५८२ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा जसपा नेपालकै अनिता कुमारीले तीन हजार २९५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उर्मिला देवी साहले दुई हजार ६८२ मत ल्याएकी छन् ।
यसैक्रममा जिल्लाको सोनमा गाउँपालिकामा लोकतान्त्रिक पार्टी नेपालका विशेश्वर यादवले चार हजार १०८ मत ल्याएर अध्यक्ष पदमा विजयी प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोकुल यादवले तीन हजार २४३ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्ष पदमा लोसपा नेपालकै जहिदा खातुनले तीन हजार २९८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रञ्जिता देवीले तीन हजार २४३ मत ल्याएकी छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया