हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार प्यारीलाल विजयी

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन् । उनले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार थिए ।
यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का प्रेमकला शाहीले एक हजार ३७२ मत प्राप्त गरी जित हासिल गरेकी छन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसको मैना बुढा एक हजार १७३ मत प्राप्त गरेकी छन् ।
चङ्खेलीको वडा नं १ मा एमालेका गोविन्द बोहरा, २ मा कांग्रेसका विर्ख सिंह, ३ मा माओवादीका भारमल बुढा, ४, ५ र ६ मा स्वतन्त्र उम्मेदवारत्रय पदमबहादुर शाही, हर्कधन तामाङ र जयबहादुर सिरा वडाध्यक्षमा विजयी भएका छन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया