मतदान केन्द्रबाट मतपेटिका लुटेर भाग्न खोज्ने व्यक्ति पक्राउ

रौतहट । निर्वाचनको दिनमा मतपेटिका खोसेर फरार भएका एक व्यक्तिलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
यमुनामाईका ४६ वर्षीय चन्देश्वर बैठालाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बैठासहित एक समूह रौतहटको यमुनामाई-२ स्थित श्री मावि भेडियाहीको मतदान केन्द्रबाट मतपेटिका खोसेर भागेका थिए ।
भाग्दै गर्दा प्रहरीले गोली चलाएपछि मतपेटिका छाडेर भागेका थिए ।
प्रतिक्रिया